A vertical shot of the black cat in the dark darkness

२ नम्बरी निर्माताले ‘सोली डोली’ निर्देशन गर्ने, असोजबाट सुटिङ्ग तयारी


‘२ नम्बरी’ निर्माता किरण नेपाली चलचित्र निर्देशनको तयारीमा जुटेका छन्। रेड बर्ड प्रोडक्सनको प्रस्तुतीमा तयार हुने चलचित्रको नाम ‘सोली डोली’ राखिएको छ। निर्माणपक्षले चलचित्रको नाम र निर्माण टीमको नाम मात्र सार्वजनिक गरेको छ। कलाकारको नाम चाडै नै सार्वजनिक गर्ने तयारी गरिएको छ। ४ नायक र ३ नायिका रहने चलचित्र पूर्ण कमेडी कथामा निर्माण हुनेछ। किरणले पोई पर्यो काले र २ नम्बरी निर्माण गरेका छन्।

अमलादेवी राई, प्रदीप भारद्धाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहने चलचित्रको सुटिङ्ग असोज बाट सुरुवात गर्ने योजनामा निर्माण टिम रहेको छ। सरोज नेपाली कार्यकारी निर्माता रहेको चलचित्रमा प्रदीप भारद्धाजको कथा छ । किरण नेपाली यतिबेला चलचित्र ‘हात्तीछाप’ निर्माणको तयारीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्