‘ज्याकी : आई एम ट्वान्टी वान’ को क्लाइमेस्क परिवर्तन, तीन दिनको कमाई कति?


बिहीबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ हलमा ठिकठाक रुपमा प्रदर्शन भैरहेको छ। नेपालको पहिलो डान्स ड्रामाको रुपमा चित्रण गरिएको चलचित्रको क्लाइमेक्समा धेरैले असन्तुष्टि पोख्दै आएका थिए। सोचेजस्तो क्लाइमेक्स प्रतिक्रिया नपाएपछि निर्माण टीमले क्लाइमेक्स परिवर्तन गरेको छ। दर्शकले चलचित्रको क्लाइमेक्स अधुरो रहेको प्रतिक्रिया दिएपछि परिवर्तन गरिएको निर्देशक राईले जानकारी दिईन्। प्रदर्शन भैरहेको चलचित्रको महत्वपूर्ण अंश परिवर्तन बिरलै रुपमा गरिन्छ र यो ‘ज्याकी : आई एम ट्वान्टी वान’ ले गरेको छ।

चलचित्रले तीन दिनमा ३५ लाख बराबरको व्यापार गरेको आंकडा सार्वजनिक भएको छ। जुन धिरज र जसिताको जोडीको अपेक्षाकृत हैन। सोचेजस्तो ओपनिङ्ग नगरे पनि चलचित्रको वर्ड अफ माउथ भने राम्रो देखिएको छ। आईकोर फिल्म्सको ब्यानरमा तयार भएको चलचित्रमा धीरज मगर, जसिता गुरुङ, प्रेम सुब्बा, अरुण क्षेत्री, लुनिभा तुलाधर लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्