A vertical shot of the black cat in the dark darkness

लभ स्ट्रोरी चलचित्र ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी


नायक अनमोल केसी र नायिका जसिता गुरुङ्ग पहिलोपटक चलचित्रमा साथ देखिने पक्का भएको छ। लभ स्ट्रोरी ड्रामा ‘फर्की फर्की’ मा अनमोल र जसिताको जोडी काम गर्ने पक्का भएको छ। सुयोग गुरुङ्गको निर्देशनमा तयार हुने चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन्। केहि हप्ता अगाडी जसिता चलचित्रको लागी अनुबन्धित भैसकेकी छिन् भने अनमोलले शुक्रबार चलचित्रको लागी सम्झौता गरेका छन्।

भदौबाट छायाँकनमा जाने चलचित्रमा रोहितसंगै ओम अग्रवाल र श्याम कंडेल निर्माताको रुपमा रहेका छन्। मनोज वली र राम न्यौपाने सह-निर्माताको रुपमा रहेको छन्। रोहित अधिकारी फिल्मस्, ओएसआर डिजिटल र हिमालय टीभीको सहकार्यमा निर्माण हुने चलचित्रको कथा र पटकथा सुयोगको नै रहेको छ।

अनमोलका केहि चलचित्र सुटिङ्गमा जानु पर्ने भए पनि सम्भव भैरहेका छैन । जेरी: अन टपको सेड्युल केहि महिना पछाडी धकेलिएको छ । तर अनमोलले पहिले जेरी: अन टपको सुटिङ्ग सकेर ‘फर्की फर्की’ को सेट ज्वाइन गर्नेछन् । जेरीको पहिलो सेड्युल अष्ट्रेलियामा सुट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्