A vertical shot of the black cat in the dark darkness

‘पशुपति प्रसाद २: भष्मे डन’ को बजेट ४ करोड माथी


‘पशुपति प्रसाद २: भष्मे डन’ को सम्पूर्ण सुटिङ्ग सकिएको निर्माण टिमले जानकारी दिएको छ । ५६ दिनको सेड्युलमा चलचित्रको सुटिङ्ग सम्पन्न भएको हो। दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रको बिहिबार सुटिङ्ग सम्पन्न भएको जानकारी निर्माण टिमले दिएको छ।

एक महिनामा सम्पूर्ण सुटिङ्ग सक्ने सोचमा फ्लोअरमा गएको चलचित्रलाई झन्डै २ महिनाको समय सुटिङ्गको लागि लागेको छ। २ करोडको बजेट अनुमान गरिएको चलचित्रको बजेट झन्डै ४ करोड पुगेको छ। यसले निर्माण टिमलाई बक्स अफिसमा थप दबाब थप्ने पक्का देखिन्छ। हिट चलचित्रको सिक्वेल र बलियो स्टारकास्टका कारण बक्स अफिसमा चलचित्र बलियो हुने अपेक्षा गरिएको छ।

चलचित्रमा सौगात मल्ल, विपिन कार्की, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ लगायतका कलाकारको अभिनय रहेको छ। टुकी आर्ट्सको व्यानरमा निर्माण भएको चलचित्रमा खगेन्द्र लामिछाने र वर्षा सिवाकोटीको पनि अभिनय रहनेछ। चलचित्रमा खगेन्द्र लामिछानेको कथा र लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्