‘अगस्त्य’ मा यस्तो छ मलिकाको लुक्स, सौगातसंगै भारतबाट सुरु भयो सुट


सौरभ चौधरीको ड्रिम प्रोजेक्ट ‘अगस्त्य’ को छायांकन भारतको गोरखपुर बाट सुरु भएको छ। आइतबार देखि राजघाटमा सुरु भएको चलचित्रको छायांकन सेटमा सौगात मल्ल र मलिका महतले टेक दिईरहेका छन्। यी दुईको साथमा नाजिर हुसैन चलचित्रमा मुख्य भूमिकामा रहेका छन्।

नाजिर केहि दिनमा नै चलचित्रको सुटिङ्ग सेटमा पुग्नेछन् । यो चलचित्रका लागी नाजिरले २० केजी तौल बढाएका छन् भने सोहि बराबरको तौल सौगातले घटाएका छन्। २५ दिन गोरखपुरमा सुटिङ्ग गरेपछि चलचित्रको टीमले नेपालको भैरहवा, नवलपरासी र काठमाडौंमा सुटिङ्ग गर्ने सेड्युल राखेको छ। प्रकाश मल्ल र अनिश तामाङले निर्माण गरेको चलचित्रलाइ संजय लामाले खिचिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्