‘मीराः स्याडो अफ अ रेन्बो’ गीत: भिडियोमा सुरविना र अनिताको प्रेम


नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को नयाँ गीत सार्वजनिक भएको छ। अनिता पण्डितको निर्देशनमा तयार भएको चलचित्रले एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम) को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाईएको छ।

प्रविशा अधिकारीको स्वरमा रहेको गीतमा निर्देशक पण्डित र नायिका सुरविना कार्कीको साथमा अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ । यो चलचित्रमा अभिनय र निर्देशनसँगै लेखन पनि पण्डितको रहेको छ । चलचित्रमा अनिता, सुरविना, निशान, कैलाशको साथमा रोशनी कार्की र बाल कलाकार आश्वि घिमिरेको प्रमूख अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्