‘ह्यारीकी प्यारी’ को सेटमा जितु र साम्राज्ञी


अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेको चलचित्र ‘ह्यारीकी प्यारी’ को सुटिङ्ग यतिबेला चलिरहेको छ। केहि साता अगाडीबाट सुरु भएको चलचित्रको छायांकनमा साम्राज्ञी भने भर्खरै पुगेकी छिन् । जितुले चलचित्रको केहि दृश्यको छायांकन सकेका छन् भने साम्राज्ञी अव चलचित्रको सुटिङ्गमा निरन्तर रहनेछिन् । यी दुईको साथमा चलचित्रमा विजय बराल मुख्य भूमिकामा रहेका छन्।

कपिल रिजालको निर्देशनमा निर्माण भैरहेको चलचित्रको यतिबेला पर्वतमा सुटिङ्ग भैरहेको छ। साम्राज्ञी र जितुको जोडी पहिलोपटक दर्शकले पर्दामा हेर्न पाउनेछन्। दिपकराज गिरि र छक्का पन्जाको टिमबाट बाहिरिएपछी जितुको यो पहिलो चलचित्र हो । सोहि कारण पनि जितुलाई यो चलचित्र चल्नपर्ने आवश्यक छ । साम्राज्ञीका पनि पछिल्ला केहि चलचित्र असफल बनिरहेका छन्। उनको लागी पनि यो चलचित्र चल्न पर्ने दवाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्