A vertical shot of the black cat in the dark darkness

‘जय हो’ पोष्टरमा कलाकारको यस्तो लुक्स


टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्र ‘जय हो’ को नया पोष्टर रिलिज भएको छ। भदौ ८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रका २ पोष्टर निर्माण टिमले सार्वजनिक गरेको हो। सार्वजनिक दुई पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिईएको छ। कलाकारको क्यारेक्टर लुक्समा सार्वजनिक गरिएका पोष्टरमा माओत्से गुरुङ, अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेत र निशा अधिकारी फिचर रहेका छन्।


शोभित बस्नेतको प्रस्तुती रहेको चलचित्रलाई राज के अधिकारी र सुरज सरकारले निर्माण गरेका छन्। सम्भुजित बाँस्कोटा र सागर आलेको संगीत रहेको चलचित्रमा रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, सौरभ लामाको छायाँकन, बनिश शाहको सम्पादन र सम्राट बस्नेतको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्