भदौ १४ मा बर्षा र स्वस्तिमाको ‘ऐँचो पैँचो’ रिलिज तय


कृषा चौलागाईंको निर्देशनमा तयार भएको चलचित्र ‘ऐँचो पैँचो’ भदौ १४ गतेबाट रिलिज हुने भएको छ । जनै पुर्णिमाको अवसर पारेर चलचित्र रिलिजको घोषणा गरिएको हो । शुक्रबार आरआर फिल्म्स र निर्मात्री कृषा बीच चलचित्र वितरणको सम्झौता संगै चलचित्रको रिलिज मिति घोषणा गरिएको हो।

स्वस्तिमा खड्का र वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्रमा मुकुन भुषाल, विशाल पहारी, कोशिष क्षेत्री, सुशिल सिटौला, शारदा गिरीको अभिनय रहेको छ । केपी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रमा अभिमन्यू निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्