सरोज खनालको ‘बगान’ टिजरमा सशक्त करिश्मा मानन्धर


अभिनयमा आफुलाई प्रमाणित गरिसकेका अभिनेता सरोज खनालले चलचित्र निर्देशनमा डेव्यु गरेका छन्। उनको पहिलो निर्देशकीय चलचित्र ‘बगान’ को मंगलबार टिजर सार्वजनिक गरिएको छ। एकल आमाको भूमिकामा देखिएकी करिश्मा मानन्धरलाई प्राथमिकतामा राखिएको छ।

एकल महिलाको इच्छा र परिवारले गर्ने व्यवहारलाई टिजरमा राखिएको छ। चलचित्रको टिजरमा करिश्मासँगै सरोज खनाल, प्रमिला कार्की, बसुन्धरा भुषाल, मिथिला शर्मा र निर शाह रहेका छन् । असार २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रमा आकाश श्रेष्ठ बिशेष भूमिकामा देखिएका छन्।

नेपाली वेबसाइट डटकमसँग केबी फिल्म्सले सहकार्यमा बनेको चलचित्रमा स्वप्न नीरवको कथा, सुरेश वाग्लेको निर्माण र विनोद मानन्धर कार्यकारी निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्