A vertical shot of the black cat in the dark darkness

‘गोर्खा वारियर’ को लण्डन प्रिमियरमा मेयर हर्क साम्पाङ सहभागी हुने


भदौ २४ गते लन्डनमा चलचित्र ‘गोर्खा वारियर’ को प्रिमियर हुदैछ। मिलन चाम्स निर्देशित चलचित्रको प्रिमियरमा धरान उपमहानगरपालिका का मेयर हर्क साम्पाङ सहभागी हुने भएका छन् । निर्देशक चाम्सले हर्कलाई प्रिमियरको निम्तो धरान पुगेर बुधबार दिएका छन्।

चलचित्रको प्रिमियर बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवर्ल्डमा हुनेछ । उक्त प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको छ । विजय लामा सहितको कलाकारको टोलि प्रिमियरमा सहभागी हुन् लन्डन पुग्ने तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्