सलोन र केकीको प्रेम केन्द्रित ‘जय हो’ टिजर


भदौ ८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जय हो’ को टिजर सार्वजनिक भएको छ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको टिजरमा मित्रता, प्रेम र द्वन्द्वको कथा समेटिएको छ। केकी अधिकारी र सलोन बस्नेतको प्रेम र त्यसमा आएको उतारचढावको साथमा माओत्से गुरुङ्ग र निशा अधिकारीको जोडी टिजरमा समेटिएको छ। अर्पण थापा र सलोन बस्नेतको द्वन्द्व पनि टिजरमा देखिएको छ।

टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्र सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको हो। चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी रहेको छ। सौरभ लामाले खिचेको चलचित्रलाई बनिश शाहले सम्पादन गरेका छन्। राज के अधिकारी र सुरज सरकार निर्माता रहेको चलचित्रमा सुरेश न्यौपानेको कथा रहेको छ।

प्रतिक्रिया दिनुहोस्