‘लिलिबिली २’ मा प्रदिप र जसिताको जोडी ?


‘लिलिबिली’ मा प्रदिप खड्का र जसिता गुरुङ्गको जोडीलाई दर्शकले रुचाए। व्यवसायिक र समीक्षात्मक हिसावले चलचित्रको आंकडा जस्तो रहे पनि प्रदिप र जसिताको जोडीलाई भने दर्शकले रुचाए । दुवैको प्रेम प्रसंगले पनि नेपाली चलचित्र बजार गर्मायो। तर पछि जसितासंग सम्बन्ध चिसिएको खबर पनि बाहिरियो। खैर यो क्षेत्रमा प्रेम, ब्रेकअप, सम्बन्ध चिसिनु र सुध्रिनुको खबर खासै नौलो पनि रहेन।


यतिबेला चलचित्र ‘लिलिबिली २’ बन्ने चर्चा रहेको छ । चलचित्रको अफर प्रदिप खड्कालाइ गरिएको छ र उनिसंग मौखिक सहमती भएको समेत बताइएको छ। प्रदिप निर्देशक दिनेश राउतको नयाँ चलचित्र र दिपक वलीको ‘कामिनो’ गर्ने तयारीमा रहेका छन्। कामिनोको सुटिङ्ग सुरुवात हुन् सकेको छैन भने भदौमा दिनेश राउतको चलचित्र सुरु हुने बताईएको छ। लिलिबिली २ मा प्रदिप मात्र दोहोरिने चर्चा थियो। तर चाम्सले आफ्नो सामजिक संजालमा एक स्टाटस लेख्दै जसिता गुरुङ्ग बिना लिलिबिली २ कल्पना गर्न नसकिने उल्लेख गरेका छन्। चाम्स लेख्छन्, ‘लिलिबिली २ बन्नेमा म निर्देशकको रूपमा एकदमै सकारात्मक छु। लिलीबिलीमा जसिता गुरुङलाई मैले नै डेब्यु गराएको कलाकार हो, जसिता बिना लिलिबिली २ (निर्माण भएमा) अपुरो हुन जान्छ। ‘
उनले आफु गोर्खा वारियरको प्रदर्शनमा व्यस्त भएको कारण लिलिबिली २ को बिषयमा प्रश्न नगर्न समेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्