A vertical shot of the black cat in the dark darkness

प्रमोद र रिस्ताको ‘अदृश्य’ साउन १९ मा


चलचित्र ‘अदृश्य’ को रिलिज मिति तय गरिएको छ। प्रल्हाद काफ्लेको निर्देशनमा तयार भएको चलचित्र साउन १९ गतेबाट रिलिज हुने भएको छ। चलचित्रको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोष्टरमा प्रमोद अग्रहरी, रिस्ता बस्नेत र सोहित मानन्धर फिचर्ड रहेका छन्।

पोष्टरमा रहेको कलाकारको लुक्सले दर्शकको धयान खिच्नसक्छ। प्रमोद अग्रहरीको लुक्स निकै आकर्षक देखिएको छ। चलचित्रमा प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, गीत बिष्ट, सुरज बिष्ट, सिएम भारद्वाज सुवेदी, जसिता घिमिरे,अजित रेग्मी, विकेश प्रजापती, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सलिन बज्राचार्य, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेलको अभिनय छ। पिताम्बर फिल्म्सको प्रस्तुती रहेको चलचित्रमा मिना बस्नेत निर्माता र सिएम भारद्वाज सुवेदी सह- निर्माता रहेका छन्। चलचित्रमा आकाश उखेडाको कथा, पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, बनिश शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्