सौगातको बढ्दो व्यस्तता, ‘कोतपर्व’ मा अनुबन्धित


अभिनेता सौगत मल्ल आफ्नो करियरको सर्वोत्तम सुखको स्वाद लिईरहेका छन्। उनि एकपछि अर्को चलचित्रको सुटिङ्गमा व्यस्त रहेका छन्। अगत्स्यको सुटिङ्गमा व्यस्त रहेका सौगात लगत्तै ‘हात्तीछाप’ मा व्यस्त हुनेछन्। उनको पाईपलाइनमा अन्य चलचित्र पनि रहेका छन्।

अभिनेता मल्ल नयाँ चलचित्रमा अनुबन्धित भएका छन्। नेपालको ऐतिहासिक राजनीतिक घटना कोतपर्वमाथि बन्न लागेको चलचित्र ‘कोतपर्व’ मा सौगात अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो ।

रिमेश अधिकारीले सौगात शिर्ष भूमिकामा अनुबन्धित भएको बताएका छन्। चलचित्रको प्रमुख महिला पात्रमा अभिनेत्री नम्रता श्रेष्ठ रहने चर्चा रहेको छ। नम्रताले केहि मिटिङ्ग निर्माण टिमसंग गरेकी छिन्। निर्देशक अधिकारीले नालापानी चलचित्र जस्तै इतिहासको नजिक रहेर यो चलचित्र बन्ने बताएका छन् । चैत देखि चलचित्रको काठमाडौं र चितवनमा छायांकन हुनेछ । चलचित्र नेपाली सहित हिन्दी र चिनियाँ भाषामा ल्याउने कोसिस निर्माण टिमको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्