सुशान्त खत्रीको विक्षिप्त लाईभ: डिप्रेसनको पिडा देखि बच्ने रहर नभएको अभिव्यक्ति


चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्रीले आफ्नो समाजिक संजाल फेसबुकमा विक्षिप्त लाईभ गरेका छन्। नेपाली नायक सारुक ताम्राकारको निधनपछि नै उनले आफ्नो समाजिक संजालमा शशंकित पोष्ट गरिरहेका थिए। उनले हामीले एउटा अर्को सुन्दर कलाकार गुमायौ, हार्दिक श्रद्धान्जली। अव तपाईहरुले अर्को एउटा कलाकार चाडै गुमाउनुहुन्छ भनेर पोष्ट गरेका थिए। उनले म संग पर्याप्त समय छैन भनेर पनि उल्लेख गरेका थिए। यी पोष्टहरु बाट नै मानसिक हिसावले विक्षिप्त बनिरहेको आंकलन गरिरहेका थिए। यसको पुष्टि उनले आफ्नो लाइभ मार्फत गरेका छन्। गएराती फेसबुकमा लाइभ बस्दै उनले आफु करिव १ बर्षबाट डीप्रेशनको शिकार भैरहेको उल्लेख गरेका छन्। उनले आफू आत्माहत्या गर्ने निर्णयमा सम्म पुगेको बताए। उनले महिनौ देखि आफू एन्जाइटी, डिप्रेसनको समस्या भोगिरहेको र अव यो लाइभ अन्तिम बन्ने समेत बताएका थिए। यो लाइभसंगै समाजिक संजालमा उनको बिषयलाई लिएर बहस सुरु भैसकेको छ ।

विगत छ महिना उनको लागि विशेष कठिन थियो, यद्यपि उनले आफ्नो संघर्षका विवरणहरू बताउनबाट टाढा रहे। उनले धेरै व्यक्तिहरूलाई सहयोग गरेको तर आफूलाई सबैभन्दा आवश्यक पर्दा अरूबाट सहयोग नपाएको भन्दै भावुक बनेका थिए।

आफ्नो मार्मिक शब्दमा, सुशान्तले भने, ‘म अब यो गर्न सक्दिन। मेरा साथीहरूलाई यो थाह छ कि अहिले मेरा लागी उनीहरुको अवश्यकता छ तर उनीहरु मेरो साथमा छैनन् । अरुका लागी पर्दा म सधै तयार छु तर मेरो लागि कोहि तयार भएनन्। ‘

https://www.facebook.com/watch/?v=1007828830230123

उनले थपे, ‘सफलता र प्रसिद्धिलाई आर्थिक लाभसँग मात्र मिल्दैन। डिप्रेसन र चिन्ताको शिकार भएपछि, ‘यी प्रशंसाहरूको कुनै मूल्य रहँदैन। यो एकान्त यात्रा बन्छ। तिम्रो छेउमा कोही छैन। मेरा साथीहरूले पनि मलाई त्यागेका छन्। सायद उनीहरूले मलाई केही भइहाल्यो भने मात्र थाहा पाउनेछन्। बुबा, आमा, म माफी चाहन्छु, जसलाई मैले चोट पुर्याएको छु, म सबैसँग माफी चाहन्छु।’


यतिबेला भारतमा रहेका सुशान्तले लाइभमा भन्छन्, ‘सबैलाई लाग्दो हो, यो सेलिब्रेटी हो, लाइफ बिन्दास छ, क्लबतिर जान्छ, हल्लिन्छ । तर मनको कुरा कसैले बुझ्दैन’, सुशान्तले भक्कानिँदै भनेका छन् ।

सुशान्त युवापुस्ता माझ सुशान्त लोकप्रिय रहेका छन्। फेसबुकमा १६ लाख बढी र इन्स्टाग्राममा १३ लाख बढी फलोअर्स रहेका छन्। भारतका भिन्न रियालिटी शो मार्फत नेपाल र भारत संगै विश्वभर उनि चर्चित बनेका छन्। बलिउडका स्टार र सुपरस्टार उनको दिवाना छन्।

प्रतिक्रिया दिनुहोस्