A vertical shot of the black cat in the dark darkness

रोविन तामाङ्गको अन्तिम श्रद्धाञ्जली , राष्ट्रिय झन्डा ओढाएर सम्मान ( भिडियोसहित)


रकस्टार तथा अभिनेता रोविन तामाङ्गलाई अन्तिम श्रद्धाञ्जली दिईएको छ। नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।

बिहान करिव ८ बजेबाट अन्तिम श्रद्धाञ्जलीको लागी रखिएको शवमा मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले फूलमाया चढाएर श्रद्धासुमन व्यक्त गरेका थिए। अन्तिम श्रद्धाञ्जली दिनको लागी सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कांग्रेस महामन्त्री गगन थापा, गायिका अभया सुब्बा, रेमन दास श्रेष्ठ, निर्मल शर्मा, प्रशान्त ताम्रकारको साथमा सयौ शुभचिन्तक भेल भएका थिए। गायक तामाङको सम्मानमा उनका दुई चर्चित गीतहरु गाएर ट्रिब्यूट गरिएको थियो । गत मंगलबार बुढानिलकण्ठ स्थित आफ्नै निवासमा मृत भेटिएका तामाङ्गको आजै शोभा भगवतीमा अन्तिम संस्कार गरिनेछ।

प्रतिक्रिया दिनुहोस्