A vertical shot of the black cat in the dark darkness

भिडियोमा हेर्नुहोस् स्व. रोविन तामाङ्गको अन्तिम गीत


रकस्टार रोविन तामाङ्गको आज अन्तेष्टि गरिएको छ। बिहानै उनलाई उनका शुभचिन्तक, चलचित्रकर्मी, संगीतकर्मी र नेताले अन्तिम श्रद्धान्जली दिएका थिए। उनी रकस्टार तामाङ्गको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ ।

सुरेश राईको शब्द तथा संगीतमा तयार भएको गीतमा राजेश पायल राईले आवाजमा साथ दिएका छन् । गीतको भिडियोमा राजेश र रोविन फिचर रहेका छन्। गीतको र्याप रोबिन स्वयंले तयार पारेका हुन् ।

निरन्जन पाण्डेको निर्देशन तथा सम्पादन रहेको भिडियोलाई सोनाम तामाङ्गले खिचेका छन्। निर्देशक पाण्डेले चलचित्रको लागी गीत तयार गरेको भए पनि रोविनको निधन पश्चात उनलाई श्रद्धान्जली दिन गीत सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्