कृष्ण केसीको ‘लुम्ले काँडेमा’मा, सुधिर र करिश्माको डान्स


गायक कृष्ण केसीकोे साथमा गायिकाहरु एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीकोे स्वर रहेकोे‘लुम्ले काँडेमा’ बोेलको गीत सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीकै शब्द तथा संगीत छ । कृष्ण केसी अमेरिकामा रहेर पनि गीतसंगीतमा निरन्तर सक्रिय छन् । उनले, यसअघि पनि थुप्रै गीतसंगीत सार्वजनिक गरिसकेका छन् । उनले, आफूले नेपाली गीतसंगीतलाई अगाडि बढाउनका लागि प्रयास मात्र गरेको बताए । गायक केसीले यसलाई मासुप गीत बताएका छन् । गीतलाई डान्सिङ शैैलीमा तयार पारिएकोे छ । यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । उनले, भिडियोलाई नयाँ शैैलीमा बनाएका छन् । भिडियोमा मोेडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स हेर्न सकिन्छ । बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषयलाई भिडियोमा रमाइलो तरिकाले उठाइएको छ । मौैसम हिमालीकोे कोेरियोेग्राफी रहेकोे भिडियोेमा अनिल के मानन्धरकोे छायांकन, प्रविण भट्टकोे सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्