A vertical shot of the black cat in the dark darkness

विश्वव्यापी एकसाथ रिलिज हुदै ‘पशुपतीप्रसाद २: भष्मे डन’, अमेरिकामा मात्रै १२०० शो


बहुप्रतिक्षित चलचित्र ‘पशुपतीप्रसाद २: भष्मे डन’ को ओभरसिज राइट्स सेभेन सिज कम्पनीले खरिद गरेको छ। निर्माण पक्ष र सेभेन सिज कम्पनीविच आधिकारिक सम्झौता भएको छ। यो चलचित्रलाई नेपाली चलचित्र इतिहासकै सर्वाधिक ठुलो ओभरसिज रिलिज तयारीमा अन्तराष्ट्रिय वितरक रहेका छन्।

रेगल सिनेमा, सिने मार्क, रिडिङ सिनेमा, सिने पोलिससहितका अमेरिकाका ठूला सिनेमा चेनहरुमा रिलिज हुने चलचित्रले अमेरिकामा मात्र १२ सय शो पक्का भैसकेको छ ।

अष्ट्रेलियामा पनि इभेन्ट, होइट्स, रिडिङ, रेगल, भिलेज, लाइम, युनाइटेड, ओडेन सिनेमा चेनमा ५ सय शो पक्का भैसकेको छ भने मध्यपूर्वमा भक्स सिनेमा, स्टार सिनेमा, नोभा सिनेमा, रोयल सिनेमा र सिनेको सिनेमा चेनमा ७५० वटा शो लगाउने तयारी भएको छ। यसरी हेर्दा नेपाली चलचित्र प्रवासमा एकसाथ यो रिलिज निकै ठुलो हो। जापानको होक्काइदो, नारा र नागोयाको मीडल्याण्ड स्क्वायर सिनेमाका १०० शोमा चलचित्र रिलिज हुने तयारीमा रहेको छ। टुकी आर्ट्सको ब्यारनमा निर्माण भएको चलचित्र कार्तिक ४ गतेबाट रिलिज हुदैछ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, वर्षा सिवाकोटी, खगेन्द्र लामिछाने लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको एक गीतमा अभिनेत्री आंचल शर्मा फिचर रहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्