‘कोतपर्व’ मा रमेश उप्रेती जोडिए


अभिनेता रमेश उप्रेती झन्डै ६ बर्षपछि नेपाली चलचित्रमा फर्किएका छन्। ‘ऐश्वर्या’ निर्माण र अभिनय पश्चात चलचित्रमा रमेश देखिएका थिएनन्। नयाँ चलचित्र निर्माणको चर्चा चले पनि उनले चलचित्र निर्माण गरेका छैनन्। उनि चलचित्र ‘कोतपर्व’ मा अनुबन्धित भएका हुन् ।

रिमेश अधिकारीको निर्देशनमा तयार हुने चलचित्रमा सौगात मल्ल यस अगाडी नै अनुबन्धित भैसकेका छन्। चलचित्रको सुटिङ्ग चैत्र महिनाबाट सुरुवात गर्ने तयारीमा निर्माण टिम रहेको छ।
कुनै समयका स्टार नायक रमेश र अहिलेका स्टार सौगात मल्लको एकै चलचित्र प्रवेश रोचक रहेनछ। दुवैको भूमिका चलचित्रमा खुलाईएको छैन।

प्रतिक्रिया दिनुहोस्