A vertical shot of the black cat in the dark darkness

सगौत मल्लको ‘हात्तीछाप’ लुक्स , राजाको भूमिका


सिमोस सुनुवारको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हात्तीछाप’ को यतिबेला सुटिङ्ग भैरहेको छ। दयाहाङ राई, बेनिशा हमला लगायतका कलाकारले चलचित्रको सुटिङ्ग गरिरहेका छन् । सौगात मल्ल भने केहि समय पछि सुटिङ्गमा हुने जानकारी गराइएको छ। तर सौगात मल्लको पेन्टिङ लुक्स निर्माण टिमले सार्वजनिक गरेको छ। सार्वजनिक पेन्टिङमा सौगातको लुक्समा शिरमा शिरपेच, कम्मरमा खुकुरी र हातमा तरवार लिएर सौगात देखिएका छन्। चलचित्रमा राजाको भूमिकामा सौगात मल्ल देखिने बताइएको छ।


किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा नायिका उपासना सिंह ठकुरी पनि मुख्य भूमिकामा रहेकी छिन्। सौगात र उपासनाले संगै सुटिङ्ग ज्वाइन गर्ने तयारी गरेका छन्। प्रदीप भारद्वाजको लेखन रहेको सामाजिक कथावस्तुमा बनिरहेको चलचित्र १५ दिन काठमाडौं र १५ दिन पोखरामा खिच्ने तयारिमा निर्माण टिम रहेको छ। चलचित्रमा बुद्दि तामाङ, बिजय बराल, विल्सन विक्रम राई, कमलमणी नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला लगायतको अभिनय रहनेछ । रेड बर्ड प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र तिहारको छेकोमा रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

प्रतिक्रिया दिनुहोस्