सारुकको आत्माहत्या प्रकरण: सेलिब्रेटीले न्यायको माग गर्दै उठाउन थाले आवाज


गएको बिहिबार अभिनेता सारुक ताम्राकारले आत्माहत्या गरेका थिए। सलिन र भद्र अभिनेताको उपमा पाएका सारुकले किन त्यस्तो निर्णय लिए भन्ने कुरा अझै रहस्यको गर्भमा रहेको छ। निजी निवासमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमाथि सामाजिक संजालमा आवाज उठ्न थालेको छ। दिनभरी सुटिङ्गमा व्यस्त रहेका एक कुशल अभिनेताले किन उक्त निर्णय लिए भन्ने प्रश्न सामाजिक संजालमा उठ्न थालेका छन्।

पुर्व मिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठले इन्स्टाग्राममा सारुकको एउटा तस्विर पोस्ट गर्दै ‘सत्य र न्यायको जित हुन्छ’ भनेर लेखेकी थिइन् । उनको पोष्टमा धेरै नेपाली सेलिब्रेटीले सहमति जनाएका थिए। तर एक अभिनेत्रीको नाम बारम्बार जोडिएपछि अभिनेत्री श्रेष्ठले कमेन्ट अफ गरेकी छिन् । अर्की पुर्व मिस नेपाल तथा अभिनेत्री मलिना जोशीले आफ्नो इन्स्टा स्टोरीमामा एक नोट लेख्दै सारुकको आत्माहत्या प्रकरणको उचित छानबिनको माग गरेकी छिन् । उनले आफ्नो नोटमा धरै प्रश्न उठाएकी छिन्।

‘उसलाई के हुन सक्थ्यो र ? के कारणले ऊ यो निर्णय लिन बाध्य भयो ? उसको अन्तिम दिनमा ऊसँग को-को थिए ? के भएको थियो अन्तिम कुराकानीमा ? उसको अन्तिम कल कोसँग थियो ?’
सारुकले आफ्ना नजिकका महिला साथीहरूसँगको सम्बन्ध किन तोड्यो ? के ऊमाथि नराम्रो व्यवहार भएको थियो ? के ऊमाथि दुर्व्यवहार भएको थियो ? के उसलाई अपमानित गरिएको थियो ?’ भन्दै उनले प्रश्न गरेकी छन् । उनको यो नोट अभिनेत्री स्वस्तिमा खड्काले पनि शेयर गरेकी छिन्।

सारुक र मलिनाले चलचित्रमा संगै अभिनय गरेका छन्। पछिल्लो समय उनि आफ्ना नजिकका महिला मित्र संग सम्बन्ध तोड्दै गएको , अफर आएका चलचित्रमा काम गर्न नसकिरहेको लगायतका प्रसंग चलचित्र नगरीमा व्याप्त रहेका छन्। सारुकको आत्महत्याको कारण पत्ता लगाउन उनको मोबाइल फरेन्सिक ल्याब पठाएको छ । एकपछि अर्को सेलिब्रेटीहरुले उचित छानबिनको माग गर्न थालेपछि प्रहरीलाई दबाब बढेको छ । कुनै सुसाइड नोट नभेटिएको र कसैले छानविनको लागी उजुरी नदिएको श्रोत बताउछ। प्रहरी आफ्नै तर्फबाट यो छानबिनमा अगाडी बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्