‘जय हो’ गीतमा रोमान्टिक केकी र सलोन


शोभित बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्र ‘जय हो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समावेश ‘जोमसोमको डाँडैमा हिउँ खेल्न जाने कि’ गीत सार्वजनिक गरिएको हो। शम्भुजित बाँस्कोटाको शब्द तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर रहेको छ ।


गीतको भिडियोमा माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, केकी अधिकारी र सलोन बस्नेत फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा माओत्से र निशालाई जोडीको रुपमा प्रस्तुत गरिएको छ। मुस्ताङ्गमा खिचिएको भिडियोमा स्थानीय भेषभुषालाई प्राथमिकता दिईएको छ।

राज के अधिकारी र सुरज सरकार निर्माता रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन्। सुरेश न्यौपानेको कथा रहेको चलचित्रमा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुवि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठको पनि अभिनय रहेको छ। सौरभ लामाको छायाकन, बनिशा शाहको सम्पादन, सागर आलेको संगीत रहने चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। भदौ ८ गतेबाट चलचित्र रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्