बन्द भयो ‘कमेडी क्लब विथ च्याम्पियन’


चर्चा र विवाद दुवै कमाउदै आएको टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको छ। कमेडी च्याम्पियन १ र २ का प्रतिष्पर्धीहरुलाई लिएर विशाल भण्डारीको संचालन गर्दै आएको शोलाई विक्की अग्रवालले निर्देशन गर्दै आएका थिए। भण्डारीले निर्देशनको सुरुवात गरेको यो शोमा पछि बिक्की निर्देशकको रुपमा जोडिएका थिए।

दिपाश्री निरौला उक्त कार्यक्रमको अध्यक्षको रुपमा रहेकी थिइन्। साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की, कैलाश कार्की, पवन भट्टराई, मेक्सम गौडेल लगायत यो कार्यक्रममा प्रस्तुती दिदै आएका थिए। निर्देशक भण्डारी र उनको टिम अर्को रियालिटी शो ‘कमेडी च्याम्पियन’ को तेश्रो सिजनको तयारीमा रहेको छ। ६९ भाग प्रसारण पछी शो बन्द भएको हो।

प्रतिक्रिया दिनुहोस्