‘राजा रानी’ मा रोमान्टिक सलोन र केकी


भदौ ८ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जय हो’ को दोश्रो गीत सार्वजनिक भएको छ। सागर आले मगरको स्वर, शब्द र संगीत रहेको गीत ”राजा रानी’ गीतमा आलेलाई सदिक्षा कट्टेलले स्वरमा साथ दिएकी छिन।


रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा केकी अधिकारी र सलोन बस्नेत फिचर रहेका छन्। सलोन र केकीलाई भिडियोमा रोमान्टिक रुपमा प्रस्तुत गरिएको छ।

शोभित बस्नेत प्रस्तुकर्ता रहेको चलचित्रलाई टेक पौरखी राईले निर्देशन गरेका छन् । चलचित्रमा केकी र सलोनको साथमा अर्पण थापा, माओत्से गुरुङ्ग, निशा अधिकारी, सुमिन गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्