अनमोल र सुदर्शनको सहकार्य पक्का, ‘रावायण’ मा दोहोरो भूमिका


‘प्रेमगीत’ देखि सहकार्यको कोसिसमा रहेको निर्देशक सुदर्शन थापा र नायक अनमोल केसीको सहकार्य अन्तत: सम्भव भएको छ। लभस्टोरी जनराका चलचित्रमा दुवै सफल निर्देशक र कलाकारको रुपमा रहेका छन्। ‘रावायण’ चलचित्रमा अनमोल नायक र सुदर्शन निर्देशकको रुपमा रहनेछन्। आगामी भदौदेखि छायांकन सुरु हुन लागेको चलचित्रलाई सुदर्शन स्वयंले निर्माण गर्नेछन्।

अघिल्लो बर्ष पनि अनमोल र सुदर्शनको सहकार्य पक्का भएको थियो। अभिनेत्री पूजा शर्माको निर्माण र अभिनयमा बन्ने एक चलचित्रमा अनमोल, पूजा र सुदर्शनको सहकार्य पक्का भएको थियो। तर पूजा यतिबेला यो टिममा रहेकी छैनन्। अनमोलले भदौमा चलचित्र ‘फर्की फर्की’ मा काम गर्ने चर्चा रहेको छ।

अभिनेत्री जसिता गुरुङ्ग उनको जोडी रहेकी छिन्। तर अनमोलले फर्की फर्की अगाडी ‘रावायण’ गर्ने चर्चा रहेको छ। चलचित्रमा अनमोल दोहोरो भूमिकामा देखिने तयारीमा रहेका छन्। यो चलचित्रमा जसिता गुरुङ्गको नाम नै अभिनेत्रीको रुपमा चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्