A vertical shot of the black cat in the dark darkness

‘कामिनो’: एकपछि अर्को कलाकार चलचित्र छाड्दै, निर्माण अन्यौलता कायमै


चलचित्रको घोषणा तामझाम र सामजिक संजालमा हाइप कति बनाइन्छ भन्ने उदाहरण नेपाली चलचित्रमा धेरै रहेका छन्। ठुला कार्यक्रम गरेर घोषणा गरिएका देखि स्टारकास्टको भिडभाड बनाएर सामाजिक संजाल तताइएका चलचित्रको निर्माण असम्भव धेरै बने। त्यस्तै एक नयाँ चलचित्र थपिने लगभग पक्का भएको छ। सामाजिक संजालमा हरेक दिन र हप्ताजस्तो कलाकार अनुबन्धित भएको भन्दै पोष्ट गरिएको एक चलचित्र हो , ‘कामिनो’।

प्रदिप खड्कालाई सुरुवातमा राखेर घोषणा गरिएको यो चलचित्रमा धेरै नाम चलेका अनुहारको नाम प्रस्तुत गरियो। नीति देखि प्रदिपसम्म चलचित्रको वर्कसपमा पनि देखिए। तर अहिले आएर सुरुवातमा घोषणा गरिएको नाम प्रदिप खड्का मात्र चलचित्र रहेको छ, अन्य सबै चलचित्रबाट बाहिरिसकेका छन्। बर्षौपछि चलचित्रमा फर्किएका राजबल्लभ कोईराला चलचित्र बाट धेरै पहिले बाहिरिए। निर्माण ढिलाई भएको भन्दै आफ्नो डेव्यु बन्न लागेको चलचित्र बाट नीति शाह बाहिरिईन्।

मुम्बई पुगेर अभिनय कोर्स सुरुवात गर्ने लाग्दा नेपाल फर्केर अनमोल केसीसंग नयाँ चलचित्र साईन् गरिन्। नीति र राजबल्लभ पछि चलचित्रबाट वर्षा शिवाकोटी छाडेर हिडिन्। उनि चलचित्र ‘काजि’ अभिनयको तयारीमा छिन्। अब बाँकी रहेका प्रदिप खड्का पनि चलचित्रमा रहने नरहने टुंगो छैन।


अवैधानिक हिसावले अमेरिका जाने कथामा निर्माण हुने चलचित्र मेक्सिको र ब्राजिलमा खिचिने चर्चा थियो । पछी भिषा समस्या भन्दै सवै सुटिङ्ग फिलिपिन्समा गर्ने भनियो। खै उता के मिलेन सुटिङ्ग चै हैन कलाकार बाहिरिने क्रम चै बढ्यो। सामजिक संजालमा जसरी कलाकारको प्रवेश गराइयो, त्यो भन्दा अगाडी कताको भिषा मिल्छ र कसरी चलचित्रको सुटिङ्ग सम्पन्न हुन्छ भन्ने रिसर्च गरेको भए मात्र पनि सायद आज यो अवस्था आउने थिएन होला।

प्रतिक्रिया दिनुहोस्