‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ को फाइनल भदौ २ मा


नेपालको सवै भन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो ‘मेरो भ्वाईस यूनिर्भस’ र ‘मेरो डान्स यूनिर्भस’ को फाइनल भदौं २ गते हुने भएको छ । बिहिवार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै फाइनल ललितपुरको गोदावारी स्थित। अन्तरास्ट्रिय सम्मेलन केन्द्रमा बेलुकी पाँच बजे देखि हुने जानकारी दिएको छ। कार्यक्रममा मेरो भ्वाईस यूनिर्भस तर्फ छनौट भएका उत्कृष्ट पाँच प्रतियोगिको र डान्स तर्फको उत्कृष्ट ६ प्रतियोगीको परिचय समेत गराईएको थियो ।


३० एपिसोड सम्म प्रसारण भईसकेको मेरो भ्वाईसको टप फाईभमा सिक्किमबाट शिशिर ठटाल र प्रितम राई पर्न सफल भएका छन् भने दार्जिलिङ्गबाट साइईराज खाती तथा नेपालबाट परेश राई र शरद हुमागाईको अन्तिम प्रतिष्पर्धा रहने छ ।

त्यसैगरी मेरो डान्स यूनिभर्स तर्फ मिङा डि लेप्चा सिक्किम, खुसी कार्की थाईल्याण्ड, देवी गर्वुजा मगर बेल्जियम र नेपालबाट नेशन सुस्लिङ मगर साजन गुरुङ तथा स्वस्तिक अर्याल मध्ये कुनै पाँच जना बीच अन्तिम प्रतिष्पर्धा रहने छ । यि दुवै रियालिटी शोमा प्रमुख बिजेताले १ करोड पाउँनेछन भने उप– विजेताले ३० लाख र तेश्रो हुनेले २० पुरस्कार पाउँनेछन ।

एलन श्रेष्ठको निर्देशनमा तयार भएका यी दुवै कार्यक्रमको प्रसारण ३ महिना सम्म भएको थियो जसमा संसारभर छरिएर रहेका नेपाली र नेपाल भाषीको सहभागिता रहेको थियो । ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारी भन्छन्, ‘हाम्रा रियालिटी सोले विश्वभर रहेका रहेका नेपालीहरुलाई साँस्कृतिक माध्यमबाट एक जुट बनाउने उदेश्य राखेको छ जसका लागि हामीले एक रुपैयाँ पनि नाफा नराखी यो कार्यक्रम गरेका हौँ त्यसैले आगामी बर्ष हाम्रा कार्यक्रमलाई अझ परिस्कृत गर्दै लाने छौँ ।’
मेरो डान्स युनिभर्समा जज तर्फ मिथिला शर्मा, शंकर विसी, दीलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई र गेष्ट जजमा ऋचा शर्मा रहेकी छिन् भने होस्टमा नरेश भट्टराई र सुनिता गुरुङ रहेका छन्।
मेरो भ्वाईस युनिभर्समा दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, शिव परियार, पुष्पन प्रधान, सुजता बर्मा जज रहेका छन् भने उक्त कार्यक्रमलाई रिमा विश्वकर्मा र सन्दीप क्षेत्रीले होस्ट गरेका छन ।

प्रतिक्रिया दिनुहोस्