A vertical shot of the black cat in the dark darkness

‘नाङ्गो गाउँ’ ‘ को पहिलो नम्बरमा रोमान्टिक कार्म र साम्राज्ञी


चलचित्र ‘नाङ्गो गाउँ’ मा समावेश पहिलो गीत सार्वजनिक भएको छ। किरण गजमेरको स्वर, राजेश आचार्यको शब्द र एसडी योगीको संगीत रहेको ‘पहिलो नम्बर’ बोलको गीत सार्वजनिक गरिएको हो। अभिनेता कार्म र अभिनेत्री साम्राज्ञी आरएल शाह रोमान्टिक भावमा गीतको भिडियोमा प्रस्तुत गरिएको छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोको सेटिङ्ग आकर्षक देखिएको छ। दिपेन्द्र लामा निर्देशित चलचित्रमा दयाहाङ राई र मिरुना मगरको पनि मुख्य भूमिका रहेको छ । हिमाल शर्मा प्रस्तुतकर्ता रहेको चलचित्रमा जय श्रेष्ठ निर्माता र रामहरी श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा शिशिर वाङ्देल, कमलमणी नेपाल, रविन्द्र झा, वुद्दि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, ज्ञानुभाई जोशी, पुष्कर गुरुङ, शिशिर तामाङ, श्रद्धा गिरी, केशव राई लगायतको अभिनय रहेको छ। चलचित्र भदौ २९ गतेबाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्