प्रमोदको ‘गंगा जमुना’: दिलिप,अन्जली र उषाको दमदार प्रस्तुती


गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत ‘गंगा जमुना’ सार्वजनिक भएको छ। राजेन्द्र थापाको शब्द रहेको गीतमा शम्भुजित बास्कोटाको संगीत रहेको छ।

डान्सिङ्ग फ्लेवरको गीतको अडियो र भिडियो दुवै इनर्जेटिक बनेको छ । राजिव समरको कोरियोग्राफी र निर्देशनमा तयार भएको भिडियोमा प्रमोद खरेल,  दिलिप रायमाझी, अन्जली अधिकारी र उषा उप्रेतीको अभिनय रहेको छ। बुद्ध थापाले खिचेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्