रिलिज मितिसहित प्रदिप भट्टराईको ‘महाजात्रा’ घोषणा


प्रदिप भट्टराईको सफल सिक्वेल ‘जात्रा’ को तेश्रो श्रृंखला ‘महाजात्रा’ को निर्माण घोषणा गरिएको छ। स्टारकास्ट सार्वजनिक गर्दै निर्माण टिमले चैत्र ९ गतेलाई रिलिज मिति तय गरेको छ। चलचित्रको पोष्टरमा एउटा ट्रकको पछाडिको भागलाई चित्रित गरिएको छ। फागु पूर्णिमाको अवसर पारेर चलचित्र प्रदर्शनमा आउन लागेको हो।

‘जात्रा’ सिरिजका चार कलाकारहरु विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत ‘महाजात्रा’ दोहोरिएका छन् । चलचित्रमा हरिवंश आचार्य जोडिएका छन्। भदौ अन्तिमबाट सुटिङ्गमा जाने तयारीमा रहेको चलचित्रमा प्रदिप भट्टराईको लेखन तथा निर्देशन रहनेछ। रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माताको रुपमा रहेको चलचित्र षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुनेछ। चलचित्रको निर्मातामा म्याक्स दिपेश खत्री र यत्रश्वर पौडेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्