‘पशुपति प्रसाद २: भस्मे डन’: विपिन र निश्चलसंग आंचलको ठुम्का


चलचित्र ‘पशुपती प्रसाद २: भस्मे डन’ को पहिलो गीत सार्वजनिक भएको छ। निशाना भट्टराई र मेलिना राइको आवाजमा रहेको ‘दुई चुल्ठी बाटन’ बोलको गीत सार्वजनिक भएको हो। गीतमा बी पाण्डेको शब्द र सुभाष भुषालको संगीत रहेको छ।

गीतको भिडियोमा अभिनेत्री आंचल शर्मा र नव-नायक निश्चल खड्का फिचर रहेका छन्। प्रविन सिंहको कोरियोग्राफीमा तयार भएको भिडियोमा विपिन कार्की र आंचलको रमाइलो प्रस्तुतिलाई देख्न सकिन्छ।

दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, बर्षा शिवाकोटी, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ। खगेन्द्र लामिछानेको कथा तथा निर्माणमा चलचित्र बनेको हो। टुकी आर्टको प्रस्तुती रहेको चलचित्र दशैँमा रिलिज हुने तयारीमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्