१० करोड लगानीमा दिपक-दीपाको हल, २१ गतेबाट संचालनमा आउने


नेपली चलचित्र क्षेत्रको बक्स अफिसमा दिपक-दिपाको समुहको दबदबा रहेको छ। बक्स अफिसमा लगातार बम्पर ब्यापार गरिरहेका दिपक-दिपाले अव चलचित्र हल संचालनमा ल्याउने भएका छन्। काठमाडौंको नयाँ बाँनेश्वरमा संचालनमा आउने हल भदौ २१ गते चलचित्र ‘जवान’ रिलिज संगै सुरुवात हुनेछ।

१० करोड हाराहारीको लगानीमा तयार भएको हलमा २ पर्दामा कुल ४ सय दर्शकले एकसाथ चलचित्र हेर्नसक्नेछन्। अत्याधुनिक एटमस साउण्ड हलमा जडान गरिएको छ भने दुबै हलमा थ्री डी चलचित्र हेर्न सकिनेछ । आइएनआईले व्यवस्थापन गर्ने हल काठमाण्डौको प्राइम लोकेशनमा रहेको छ। यसको फाइदा हललाइ मिल्नेछ। बानेश्वर बाट शंखमुल जाने वाटोको एनबी सेन्टरको पाँचौ र छैटौं तलामा हल तयार भएको छ।

प्रतिक्रिया दिनुहोस्