कस्तो छ निश्चल बस्नेतको कमब्याक चलचित्र ‘दिमाग खराब’ को टिजर?


कार्तिक २४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ को टिजर सार्वजनिक भएको छ । जनता र शक्तिको लडाई रहेको चलचित्रको ब्याकग्राउण्ड म्युजिक र भ्वाईस ओभर निकै दमदार सुनिएको छ। सौगात मल्लले भ्वाईस ओभर दिएको टिजरमा चलचित्रमा मुख्य कलाकार समावेश गरिएको छ।

दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ। ‘लुट २’ पछी निर्देशनमा फर्किएका निश्चल बस्नेतका लागी यो चलचित्र निकै महत्वपूर्ण रहेको छ ।

रौनक विक्रम कंडेल निर्माता रहेको चलचित्रमा सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन्। सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्