ब्रेकअपपछि इटालीमा जब सौगात र सृष्टिको भेट भयो……


अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको प्रेम जोडी धेरैका लागी आइडल थियो। झन्डै ५ बर्ष प्रेममा रहेको यो जोडीले गतबर्ष ब्रेकअप गरे। समझदारीमै सम्बन्ध टुंगिएको बताए पनि दुवैको बोलचाल नरहेको बताईन्छ। ब्रेकअपपछि सौगात र सृष्टि पहिलोपटक एकै स्टेजमा देखिएका छन्।

शुक्रबार इटालीको ‘भेनिस फिल्म फेस्टिभल’ मा सहभागी हुने क्रममा दुवै एकसाथ देखिएका हुन् । सौगात र सृष्टि मुख्य भूमिकामा रहेको चलचित्र ‘द रेड सुटकेस’ को प्रिमियरमा सहभागी हुन् दुवै इटाली पुगेका हुन्। पहिलोपटक आमने-सामने भएका दुवैले मिडियालाई पोज दिएका थिए। सोहि चलचित्रको प्रिमियरमा सहभागी हुन् मुख्य अभिनेता विपिन कार्की, निर्देशक फिडेल देवकोटा र निर्माता रामकृष्ण पोखरेल इटाली पुगेका छन् ।

भेनिसको होराइजन्स विधामा चलचित्र छनोट भएको हो । केहि चलचित्रमा साथ काम गरेका दुवै विवाहको तयारीमा रहेका थिए। बेलायत पुगेर सृष्टिको परिवारसंग सौगातले कुरा गरेका पनि थिए । तर विवाहको लागी तयार जोडीलाई खै के भयो सम्बन्धनै टुंग्याउने निर्णय गरे।

प्रतिक्रिया दिनुहोस्