रिलिज मिति तय गर्दै ‘हात्तीछाप’ को पोष्टर सार्वजनिक


सिमोस सुनुवारको निर्देशनमा तयार भएको मल्टीस्टारर चलचित्र ‘हात्तीछाप’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रको फर्स्टलुकमा अभिनेता सौगात मल्ल मात्र फिचर्ड छन् । उनलाई ‘बोतल राजा’को रुपमा चित्रित गरिएको छ । सौगातको लुक्स चलचित्रको पोष्टरमा आकर्षक देखिएको छ।

किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा सौगातको साथमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, बिजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, विनोद न्यौपाने, पुस्कर गुरुङ, प्रकाश घिमिरे, कविता आले, रविन्द्र झा, रियर राई, लगायतको अभिनय रहेको छ ।

सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गरिएको चलचित्रमा प्रदीप भारद्वाजको लेखन, सुशन प्रजापतिको छायांकन, आर्टमाण्डूको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको छ। चलचित्रमा अमलादेवी नेपाली र दिपक मनाङ्गेको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्