परदेशीको पिडा भाव बोकेको ‘परदेशी २’ गीत


असोज २६ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘परदेशी २’ को नयाँ गीत सार्वजनिक भएको छ। प्रशान्त तामाङको स्वर रहेको ‘हिजो काम आज काम’ बोलको गीतमा सतिश चापागाईँको शब्द रचना र बिबि अनुरागीको संगीत रहेको छ। परदेशीको पीडा र बाध्यता बोल्ने गीतमा चलचित्रको कथासार बुझाउने केही मनछुने संवाद समेत समावेश छन् ।

नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्रमा नीर शाह, प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, रमा थपलिया, देवेन्द्र बब्लु लगायतको अभिनय छ । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा गीतकार तथा संगीतकार रमेश विजीको लेखन छ ।

२०१५ मा प्रदर्शन भएको यसको अघिल्लो श्रृंखला वैदेशिक रोजगारीको कथामा आधारित थियो । यो पटक चलचित्रले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीहरुको कथालाई प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्