A vertical shot of the black cat in the dark darkness

नव नायकसंग रोमान्टिक जसिता, ‘हनी बनी’ रिलिज मिति तय


दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र ‘हनी बनी’ को फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । लभस्टोरी चलचित्रको पोष्टरमा अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक मुडमा देखिएका छन् । भारतीय मोडल अभिमन्युको यो पहिलो फिचर चलचित्र हो।

माघ २६ गतेलाई चलचित्रको रिलिज मिति तय गरिएको छ। अमित बस्नेत, परी राना र आरोन बस्नेत निर्माता रहेको चलचित्र एबी इन्टरनेशनलले गौतम प्रोडक्सन एण्ड भ्वाइस फिल्म्ससँग सहकार्य गरेर निर्माण गरेको हो। चलचित्रको सह-निर्माता अजित थापा र सनिस खकुरेल रहेका छन्। सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाही लगायतको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्