ट्रेलर रिलिज अगावै विदेशमा खुल्यो ‘पशुपति प्रसाद २: भस्मे डन’ को बुकिङ्ग


दशैँ नेपाली चलचित्र क्षेत्रका लागी सदैव स्वर्निम बन्ने गरेको छ। हप्ता दिन लामो विदा र सेलिब्रेसनको समय भएको कारण पनि दशैँमा चलचित्र रिलिजको हानथाप हुने गरेको छ। यो पटक दशैँमा चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ रिलिज हुदैछ। कार्तिक ४ गते फूलपाती बाट रिलिज तयारीमा रहेको चलचित्रले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गर्ने आंकलन चलचित्र पण्डितहरु रहेको छ । एक त ब्राण्ड, पोष्टरको आकर्षण र चर्चित कलाकारको उपस्थितिको कारण यो चलचित्रले बक्स अफिसमा रेकर्डमय व्यापार गर्ने आंकलन छ।

विदेशमा पनि यो चलचित्रको माग उच्च रहेको छ। चलचित्रको घोषणासंगै विदेशमा विक्री सुरु भएको चलचित्रको ट्रेलर रिलिज नहुदै शो टाइम उपलब्ध हुन् थालेका छन्। अष्ट्रेलियाको मेलबर्नस्थित चाइना टाउन सिनेमामा चलचित्रले अक्टोबर २३, २५, ३० र नोभेम्बर ५ का लागि शो टाइम पाएको छ । क्यानबरामा चलचित्रको प्रिमियर राखिएको छ ।


जापानको कान्साई क्षेत्रको नाराबाहेक क्योटो, ओसाका र कोबेमा चलचित्रको शो टाइम सार्वजनिक गर्दै बुकिङ खुलेको छ । बेल्जियमको एन्टवर्प, ब्रसेल्स, लोवेन, ब्रुग्स र घेंट शहरका लागि पनि शो टाइमसहित बुकिङ खुलेको छ। अन्य केहि देशको शो टाइम र बुकिङ्ग चाडै खुल्ने तयारीमा रहेको छ। खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्रमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, संजोग रसाइली लगायतको अभिनय रहेको छ । दिपेन्द्र के खनालले चलचित्रलाई निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्