A vertical shot of the black cat in the dark darkness

अनमोल र जसिताको ‘फर्की फर्की’ मा रवि र सम्वृद्धि


अभिनेता अनमोल केसीका लागी पछिल्ला केहि दिन सम्झना लायक रहेनन्। रावायण टीमसंगको विवाद र प्रहरीको प्रकाउसम्म अनमोलले पछिल्ला केहि दिनमा भोगे। अनमोलले अब रोकिएका र घोषित भएका चलचित्रको सुटिङ्ग सुरुवात गर्ने भएका छन्। तिहारपछि सुटिङ्गमा जाने तयारीमा रहेको चलचित्र ‘फर्की फर्की’ अव दशैँको फूलपातीबाट सुटिङ्ग सुरुवात गर्ने भएको छ।

सुयोग गुरुङ्गको निर्देशनमा निर्माण हुने चलचित्रमा अनमोलसंग जसिता गुरुङ्गको जोडी बाधिएको छ। दुवैको यो पहिलो सहकार्य हो। सुटिङ्ग अगाडी निर्माण टिमले दुई नयाँ कलाकारको फाइनल गरेको छ। अडिसन मार्फत सम्वृद्धि अर्याल र रवि काफ्लेलाई चलचित्रमा अनुबन्धित गरिएको छ। गत महिन ‘अनाउन्समेन्ट’ टिजर रिलिज गरिएको चलचित्रको टिजर दर्शकले हलमा हेर्न पाउनेछन्। रोहित अधिकारीले ओएसआर डिजिटलसँग निर्माणमा सहकार्य गरेको चलचित्रले एक पात्रको सपना र विपनाबीचको कथा भन्नेछ ।

प्रतिक्रिया दिनुहोस्