परदेशी २ लाई मल्टिप्लेक्समा सुखद शोज , प्रचारमा व्यस्त निर्माण टिम


नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र ‘परदेशी’ ले घरेलु बक्स अफिसमा राम्रो व्यापर गरेको थियो। करिव ८ बर्ष अगाडी रिलिज भएको चलचित्रको नाम सिक्वेल ‘परदेशी २’ यहि शुक्रबारबाट रिलिज हुदैछ। ५१ दिन सम्मको सफलताको स्वाद चाखेको परदेशीको नाम सिक्वेलको कारणनै चर्चामा रहेको चलचित्र गायनमा सफल प्रकाश सपुतको डेव्यु चलचित्र हो। चलचित्रको प्रचारप्रसारमा निर्माण टिम निकै खटिएको छ।

राम्रो हाइप बनाएको चलचित्रको घरेलु बक्स अफिसमा राम्रो व्यापार हुने आंकलन गरिएको छ । सोहि कारण मल्टिप्लेक्सले चलचित्रलाई राम्रो शोज दिएका छन्। बुकिङ्ग खुलेका मल्टिप्लेक्सले चलचित्रलाई राम्रो शोज उपलब्ध गराएका छन्। मोफसलको पूर्वी क्षेत्रमा चलचित्र प्रचारको लागि निर्माण टिम रहेको छ। देशकका प्रमुख स्टेशनमा चलचित्रको टिम पुगिरहेको छ भने केहि समय अगाडी बाग्लुङ्गमा चलचित्रको प्रिमियर समेत गरिएको थियो।

राजेश वंशल र नारयण रायमाझीको निर्माण रहेको चलचित्रमा केकी अधिकारी, बर्षा शिवाकोटी, प्रशान्त तामाङ्ग, दिलिप रायमाझी, निर शाह लगायतका कलाकारको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्