A vertical shot of the black cat in the dark darkness

‘परदेशी २’ को वर्ड अफ माउथ बलियो, दर्शक भेट्न हलहलमा कलाकार


असोज २६ गते शुक्रबारबाट रिलिज भएको चलचित्र ‘परदेशी २’ ले दर्शकको राम्रो साथ पाएको छ। रिलिजको दुई दिन शुक्रबार र शनिबार दर्शकको राम्रो साथ पाएको हो। चलचित्रले शनिवार धेरै हलमा हाउसफुल दर्शक पायो । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रह्यो । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् । चलचित्रको ‘वर्ड अफ माउथ’ निकै बलियो मिलेको छ। शनिवार चलचित्रको व्यापार पनि शुक्रवारको भन्दा स्वाभाविक बढी भएको निर्माण पक्षले बताएको छ ।

निर्देशक नारायण रायमाझी दर्शकबाट पाएको प्रतिक्रियाले निर्माण टीमा उत्साहित रहेको बताउँछन् । शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए भएको निर्देशक रायमाझीले बताएका छन्। घटस्थापनाको आइतबार विदा भएको कारणले चलचित्रको व्यापार राम्रो हुने आंकलन गरिएको छ ।

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूत रअभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्