‘तेल भिषा’ मा बर्षा र विपिनको जोडी


अभिनेत्री बर्षा राउत यतिबेला चलचित्र ‘महाजात्रा’ को सुटिङ्गमा व्यस्त रहेकी छिन्। ‘जात्रा’ को तेश्रो भाग महाजात्राको सुटिङ्ग काठमान्डौमा यतिबेला धमाधम भैरहेको छ। ४५ दिनको सेड्युल लिएर हिडेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गर्दैछन्। यो चलचित्रमा बर्षाको जोडी विपिन कार्कीसंग बाधिएको छ। बर्षा र विपिनको जोडी नेपाली चलचित्र क्षेत्रमा सफल रहेको छ। बर्षा र विपिनको जोडी नयाँ चलचित्रमा देखिने पक्का भएको छ।

शंकर घिमिरेको निर्देशनमा तयार हुने चलचित्र ‘तेल भिषा’ मा यी दुईलाई संगै देखिने भएको हो। विपिनलाई अनुबन्ध गरेर घोषणा गरिएको चलचित्रमा बर्षासंगै गौरी मल्ल, बुद्धि तामाङ्ग पनि अनुबन्धित भएका छन्। अभिनेत्री ऋचा घिमिरे यहि चलचित्र मार्फत १० बर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दैछिन्। शंकरको नै कथा रहेको चलचित्र आगामी वर्षको भदौ २८ गते रिलिज नेपाल सहित विश्वका विभिन्न देशमा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम रहेको छ।

सेभेन सिज इन्टरटेन्मेन्ट: विनोद पौडेल, अदिति खरेल र रमेश चौलागाईं चलचित्रको निर्माताको रुपमा रहेका छन्। वेल डन क्रियसनले चलचित्रमा निर्माण सहकार्य गरेको छ। विदेशमा जाने नेपाली र त्यतै स्थापित हुने क्रमको नेपाली समाजको बदलिँदो स्थितिलाई चित्रण गरिने चलचित्र चैत्रबाट सुटिङ्ग सुरुवात गर्नेछ। चलचित्रको नेपाल र अमेरिकामा खिच्नेछ।

प्रतिक्रिया दिनुहोस्