कस्तो छ ‘पर्खि बसे तिमीलाई’ को ‘चट्ट गाजल’ ?


चलचित्र ‘पर्खि बसे तिमीलाई’ को दोश्रो गीत ‘चट्ट गाजल’ सार्वजनिक भएको छ । स्मिता दाहालको स्वरमा रहेको गीतमा डा कृष्णहरि बरालको शब्द र दिपक शर्माको संगीत रहेको छ। नव-कलाकारको बाहुल्यता रहेको चलचित्रको गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

यहि चलचित्र मार्फत किरण श्रेष्ठ, रक्षा बुढाथोकी र अञ्जना रसाईली डेव्यु गर्दैछन्। दिपक श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा राजाराम बुढाथोकीको लगानी रहेको छ।

शिव श्रेष्ठ, सुनिता श्रेष्ठ, विल्सन विक्रम राई, मनिष श्रेष्ठ लगायतका कलाकारको अभिनय चलचित्रमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्