‘बरिष्ठ बलराम’ बाट दिलिप रायमाझीकी छोरीको डेव्यु पक्का


अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीको नेपाली चलचित्रमा डेव्यु पक्का भएको छ । सुरेन्द्र पौडेलको निर्देशनमा तयार हुने चलचित्र बरिष्ठ बलराम मार्फत उनले डेव्यु गर्ने पक्का भएको हो।

अमेरिका बस्ने दिव्या, खगेन्द्र लामिछाने र दयाहाङ राई यो चलचित्रमा मुख्य भूमिकामा रहनेछन्। रोहित अधिकारी र ओम अग्रवाल चलचित्रको निर्माताको रुपमा रहेका छन्। रोहित अधिकारी फिल्म्सको प्रस्तुतीमा ओएसआर डिजिटलको सहकार्यमा निर्माण हुने चलचित्रमा सुजन चापागाईको संगीत रहनेछ। चलचित्र २०८१ को हरितालिका तीजमा रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्