जन्मघरको आँगनीमा देखिएको राजेशपायल राईको फरक रुप


नेपाली गायन क्षेत्रको सर्वाधिक सफल नाम हो, राजेश पायल राई। खोटाङ्गमा जन्मिएका राजेशपायल राईले आफ्नो जीवनको पुरा जवानी नेपाली गीतसंगीत क्षेत्रमा बिताएका छन्। खोटाङ्गको बुईपामा राजनीतिक परिवारमा जन्मिएका राजेशका पिता खोटाङ्गका पूर्व जिल्ला सभापति हुन्। लामो समय सक्रिय राजनीतिमा विताएका उनका पिता राप्रपाबाट राजनीति गर्ने गर्दथे। राजपरिवार निकट नेताको रुपमा समेत उनलाई चिन्ने गरिन्छ। तर गणतन्त्र स्थापनासंगै राजेशका पिता सक्रिय राजनीतिबाट टाढिए। राजनीतिबाट मात्र टाढा भएनन्, उनि देशबाट पनि टाढा भए। उनि यतिबेला श्रीमती सहित बेलायत बस्ने गरेका छन्। खोटाङ्ग बुईपामा राजेश र उनको परिवारको घरको भाग्नावाशेस मात्र रहेको छ। कारण ०६२/०६३ को जनआन्दोलन सकिएलगतै बैशाख १४, २०६३ मा उनको घरमा आगो लगाईयो। तत्कालीन माओवादीले आगो लगाएको बताईयो तर यसको भित्रि कारण अर्कै भएको राजेश निकट पारिवारिक व्यक्तिहरु नै बताउने गर्दछन्।

सोहि भग्नावशेष मात्र रहेको आफ्नै जमिनमा राजेश सपरिवार झन्डै २५ बर्षपछी पुगे। यदाकता गाउँको यात्रा तय गरे पनि सम्पूर्ण दाजुभाई र बाबुआमासहित उनि पहिलोपटक आफ्नो घर २५ बर्षपछी पुग्दै थिए। राजधानीबाट हिडेका राजेश गाउँ पुग्दै गर्दा आफ्नो उत्साहलाई झन् बढाउदै लागेका थिए। जति जति जिल्ला नजिकिदै गर्थ्यो उनि उति उति आफ्नो गाउँको बारेमा सुनाउदै जान्थे। ओखलढुंगा र खोटाङ्गलाई जोड्ने दुधकोशी खोलको पुलमा पुग्दा बिहानको झन्डै ३ बज्न लागेको थियो। उनि उत्रिए पुलमा पुगेर ढोगे अनि धन्य हुदै आफ्नो जन्म जिल्लाको यात्रा सुरु गरे। झिसमिसे बिहानीमा खोटाङ्ग टेकेका उनिसंगै गएका हामी पत्रकार भने खोटाङ्ग र राजेशपायलको गाउँ हेर्न उत्साहित थियौ। थाकन र कच्ची पहाडी बाटोको पिडा भुल्दै सवै राजेशको गाउँ हेर्न उत्साहित थियौ। उति नै उत्साहित थिए राजेश सवैलाई आफ्नो गाउँ घुमाउन।

आफु पढेको स्कुल, उकाली ओराली गरेको बाटो अनि आफ्ना आफन्त सवै चिनाउदै उनि उनको घर पुग्दै थिए। सपरिवार पहिले नै पुगिसकेका थिए। गाउँमा बिहेको भव्य तयारी थियो। राजेशका जेठा दाईका छोराले घरमा बुहारी भित्र्याएका थिए। भोजका लागी गाउँले आमन्त्रित थिए, अनि तयारी जोडतोडको थियो। सवै परिवार भेट्दै अगाडी बढ्दै गर्दा राजेश सुरुमै भक्कानिए । धेरैबेर आफ्ना फुपाजुसंग बसेर रोए अनि आफुलाई सम्हाल्दै भेटघाट जारि राखे। दिनभरी भोजमा गाउले संगै सहभागी भए ।

उनलाई हेरेर कति पनि लाग्दैन थियो उनि देशका यति ठुलो स्टार हुन् । देश विदेशका परिचित नाम हुन्। हरेकले के खायो खाएन भन्दै आफै पुग्थे । त्यसै राजेश यति लोकप्रिय बनेका हैन रहेछन् भन्ने आभाष त्यहा हुन्थ्यो । उनको शालीनता र आम जनमानसमा घुलमिल हुनसक्ने छविले राजेशलाई लोकको प्रिय बनाएको झल्झली देखिन्थ्यो । अनि बुईपा र आसपासका बासिन्दा जो राजेशको घरमा भोज खाना आएका थिए उनीहरुको राजेश प्रतिको प्रेम स्पष्ट देखिन्थ्यो ।


राजेश अघिल्लो दिनबाट नै उत्साहित थिए। आफ्नो घरमा आफ्ना परिवार अनि गाउँलेका अगाडी आफ्नो प्रस्तुती दिन । राजेशका कन्सर्ट हेरेका सवैलाई उनका जोशिला कन्सर्टको बारेमा याद छ । सवैलाई हसाउदै नचाउने राजेश आफ्नै घरको आँगनमा भने आफैलाई सम्हाल्न नसक्ने गरि रोए । पहिलो प्रस्तुति सकिन नपाउदै उनि धेरै बारे रोए। संगै रुवाए आफन्त र गाउँलेलाई पनि ।
सम्हालिन कोशिस गर्दा गर्दै उनि रुनुका दुई कारण थिए । पहिलो आफु जन्मेको र खेलको आँगनमा उनि गाउँदै थिए पहिलोपटक , तर त्यहा न घर थियो न उनि हुर्केको छत । अर्को थियो आफै जन्मेको घरमा उनका सवैभन्दा प्रिय र आदर्श पात्र आफ्ना पिताका अगाडी उनि पहिलोपटक प्रस्तुती दिदै थिए ।

भावुक राजेशलाई उनका दाजु- भाई र आमन्त्रित सवै पाहुना सम्हाल्ने कोसिसमा थिए। बसिरहेका ८३ बर्षिय बाबु स्टेज उक्लिएर राजेशलाई सम्हाल्दै गीत गाउन थाले । बिस्तारै राजेश सम्हालिदै आफ्नु प्रस्तुति अगाडी बढाउदै लागे। झन्डै ३ घण्टा आफ्नै आगनमा आफ्ना गाउंले संगै नाचे ।
अनि भने जीवनका हजारौ कन्सर्टको सार्थकता आज पाए….

प्रतिक्रिया दिनुहोस्