टिकटकले बदलेको चाहानाको दैनिकी: नर्सिङ्ग छाडेर म्युजिक भिडियो देखि ब्राण्डसम्म


सामजिक संजालले धेरैको जीवन परिवर्तन गरिदिएको छ। सामान्य जीवन विताएकालाई स्टार बनाउने देखि नयाँ कामको बाटो देखाउने काम सामजिक संजालले गरिरहेको छ। टिकटक युवापुस्तामा सर्वाधिक लोकप्रिय एप हो। युवासंगै यसले हरेक पुस्ताकाका व्यक्तित्वलाई टिकटकले आकर्षित गरेको छ। धेरैको दैनिकी र आयश्रोत बनेको छ।

टिकटकबाट नै आफुलाई परिचित गराउन सफल छिन् बुटवलकी चाहाना वस्याल। स्टाफ नर्सको रुपमा बुटवलमा नै कार्यरत रहदा नै टिकटकले उनको दैनिकी र यात्रा नै बदलिदिएको छ। न्यु होराइजोन स्कूल बाट आफ्नो पढाई सकेपछि चाहनाले नर्सिङ्गको पढाई गरेकी थिइन्। लाइसेन्सको परिक्षा पास गरेर रजिष्टर्ड नर्सको रुपमा काम गर्दै रहदा टिकटकले उनको दैनिकीमा परिवर्तन लिआएको थियो। नर्सिङ्ग पेसामा रहदा नै कोभिड र अन्य कारण नेपालमा सामाजिक संजालका एपलाई विस्तारित हुन् सहायोग पुर्याएको थियो।

यहि बेला हो चाहनाले टिकटकमा दर्शकको साथ पाएकी। यतिबेला उनको टिकटकमा झन्डै २ लाख ५० हजार फलोअर्स रहेका छन्। भिडियोमा दर्शकले उनलाई असिम प्रेम दर्शाउने गर्दछन्। यहि एप मार्फत उनले म्युजिक भिडियोमा काम गरिसकेकी छिन्। उनका सफल म्युजिक भिडियो युट्युवमा भेट्न सकिन्छ। टिकटकलाई नै उनले आयश्रोतको बाटो बनाएकी छिन्। विभिन्न ब्रान्डसंग जोडिएर उनले प्रमोशनका काम गरिरहेकी छिन्। नर्सिङ्ग पेसालाई थाती राखेर उनि यतिबेला म्युजिक भिडियो र ब्राण्डसंग जोडिएर काम गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्