विदेशी बजारमा नेपाली चलचित्र: फ्रेबुअरी ९ बाट जापान र कोरियामा ‘हात्तीछाप’


पछिल्लो समय नेपाली चलचित्रका लागी विदेशी बजार विस्तारित हुदै गएको छ। महँगो रकममा चलचित्रको ओभरसिज राइट्स बिक्रि हुदै आएको छ। प्रदर्शन र आयश्रोतको हिसावले पनि विदेशी बजार आकर्षित रहेको छ। यहि बिचमा माघ २६ गतेबाट रिलिज हुने चलचित्र ‘हात्तीछाप’ प्रतिक्षित बनिरहेको छ। अब्बल स्टारकाष्ट रहेको कारण यो चलचित्रले नेपाली र विदेशी बजारमा राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

फेब्रुअरी ९ तारिखबाट जापान र दक्षिण कोरियामा चलचित्र रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रको जापान र कोरिया वितरणको जिम्मा टिम यूएनएले लिएको छ । यूएनए इन्टरटेन्मेन्टले चलचित्रको प्रचार जापान र कोरियामा धमाधम गरिरहेको छ ।

टिम यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाँइले भने–‘चलचित्रको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहनुभएको छ । यसले, हामीलाई अझै उत्साहित बनाएको छ ।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्