‘कब्बडी ४’ गीतमा सौगात र मिरुनाको रोमान्स


चलचित्र ‘कब्बडी ४’ को नयाँ गीत ‘केसरी’ सार्वजनिक भएको छ। राम अविरल बिष्टले लेखेको गीतमा एस डि योगीको संगीत र आवाज रहेको छ। गीतको भिडीयोमा सौगात मल्ल र मिरुना मगर फिचर रहेका छन्। सौगात र मिरुनाको प्रेमलाई भिडियोमा प्रस्तुत गरिएको छ।


रामबाबु गुरुङ्गको निर्देशनमा तयार भएको चलचित्रमा सौगात र मिरुनाको साथमा दयाहाङ्ग राई, गउमाया राई, माओत्से गुरुङ्ग, बुद्धि तामाङ्ग , विजय बराल, पुस्कर गुरुङ्ग, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ । बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सन ग्लोबलको निर्माणमा तयार भएको चलचित्रमा मणिराम गौतम, विशाल गुरुङ्ग, सुष्मा गुरुङ्ग र मधु मिजार निर्माताको रुपमा रहेका छन्। रामबाबु गुरुङ्ग र उपेन्द्र सुब्बाको कथा रहेको चलचित्र जेठ १३ बाट रिलिज हुदैछ।

प्रतिक्रिया दिनुहोस्